ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते

दुर्घटना

ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते

Sainik Death

तालिम अभ्यासका क्रममा ग्रिनेड पड्किँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास गर्ने क्रममा बिहीबार बिहान ग्रिनेड पड्किँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम बिष्ट र सहसेनानी हिमराज जोशी घाइते भएका थिए।

गम्भीर घाइते भएका बिष्टको लम्कीस्थित लालरत्न अस्पताल मा उपचारका क्रममा दिउँसो करिब १२ बजेतिर मृत्यु भएको थियो।

घाइते सहसेनानी जोशीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको नेपाली सेनाको स्रोतले जनाएको छ।

सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा उनीहरू खटिएका थिए।

ग्रिनेड पड्काउने क्रममा बिष्ट गम्भीर घाइते भएका थिए भने नजिकै रहेका जोशीलाई छर्रा लागेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ