काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्यदर १७ गतेदेखि लागू हुनेछ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाइएको छ । योसँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १७७ रुपैयाँ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, उपभोक्ताको भान्छासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब उपभोक्ताले एक सिलिन्डर ग्यास २०६० रुपैयाँमा खरिद गर्न पाउनेछन्। हवाई इन्धन ९आन्तरिक० तर्फ पनि प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ। निगमले ढुवानी दुरीका आधारमा देशका विभिन्न स्थानलाई तीन वर्गमा विभाजन गरी नयाँ मूल्य तोकेको छ।
सम्बन्धित खबर
उच्च वृद्धिको लामो समयपछि पेट्राेल, डिजेल र ग्यासकाे मूल्य घट्याे
सुस्तावासीको काठमाडौंमा मागः ‘भारतको सामना गर्न लालपुर्जा, नागरिकता र जङ्गे पिलर देउ’
हिंसा मच्चाएर हाम्रो सरकार ढालियो, अहिले वैधानिकता दिने काम भयो: ओली
पिआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट ‘अयोग्य’ ठहरिने गरी बर्खास्त गर्ने तयारी
प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउन विद्यार्थी संगठनको माग
आज असार १५ : दही चिउरा खाने दिन
यो पनि पढौँ
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआईटी कोर्स सुरु हुँदै
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
रास्वपा महाधिवेशन: कम भोट ल्याउनेलाई जिताउँदै आफूलाई हराएको घोषणापछि पूजा बाँस्तोला सर्वोच्च जाने