काठमाडौँ । पन्छीमा लाग्ने बर्डफ्लु (एच फाइभ एन वान) ११ जिल्लामा फैलिएको छ । पशु सेवा विभागको तथ्यांकअनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्डफ्लु पुष्टि भएको छ । काभ्रेको साँगा र पनौतीमा रहेका दुई फार्मका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको हो ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे गरी ११ जिल्लाका कुल ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको छ । अहिले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ । अहिलेसम्म बर्डफ्लुबाट प्रभावित ५ लाख ६९ हजार ८ सय ५८ वटा पन्छी नष्ट गरिएको विभागको तथ्यांक छ । त्यस्तै, ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दानासमेत नष्ट गरिएको छ ।
केही दिनअघि जावलाखेलस्थित सदर चिडियाखानामा रहेका पन्छीमा समेत बर्डफ्लु पुष्टि भएपछि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको छ । विभागका अनुसार ४ चैतमा मोरङको सुन्दरहरैंचा–४ र उर्लाबारी–८ बाट बर्डफ्लु देखिएको थियो । रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा