विश्वकप फुटबलमा स्पेनले १६ वर्षपछि फाइनलमा स्थान बनाएको छ। बुधबार बिहान सम्पन्न फाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेनले फाइनलमा स्थान बनाएको हो।
खेलमा स्पेनले फ्रान्स विरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलमा पहिलो र दोस्रो हाफमा स्पेनले समान १-१ गोल गर्दै फ्रान्सलाई निरास बनायो। यसअघि, युएफा नेशन्स लिगमा पनि स्पेनले फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो।
खेलको २२ औं मिनेटमा फ्रेन्च खेलाडी लुकास डिनले लामिन यामललाई फल गरेपछि पाएको पेनाल्टीलाई मिकेल ओयालजार्बालले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाए। २९ वर्षीय रियल सोसिडाडका यि स्टार जारी विश्वकपमा ५ गोल पुर्याएका छन्।
डलास स्टेडियममा भएको सेमिफाइनलमा उपाधिको प्रबल दाबेदार फ्रान्स यसअघि जस्तो आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिन असफल भयो। अर्को तर्फ लुइस डे ला फुएन्तेको टोलीले स्टार खेलाडीहरूले भरिएको फ्रान्सको आक्रमणलाई प्रभावहीन बनाइदियो।
खेलमाअग्रता लिएपछि स्पेनले आफ्नो पकड अझ बलियो बनाएको थियो। पहिलो हाफमा अपेक्षाअनुसार खेल्न नसकेको फ्रान्स दोस्रो हाफमा पुनरागमन गर्ने आशामा थियो। तर, फेरि पनि स्पेन नै हाबी बन्यो। दानी ओल्मोसँग उत्कृष्ट ‘वान–टु’ पास खेलेपछि पेड्रो पोरोले ५८ औं मिनेटमा पोस्ट नजिकैबाट दोस्रो गोल गरेको थियो।
बाँकी करिब आधा घण्टा फ्रान्सले खेलमा फर्किने प्रयास गरे पनि अत्यन्त अनुशासित स्पेनी रक्षापंक्तिलाई भेद्न सकेन। यस प्रतियोगिताभर स्पेनले जम्मा एक गोल मात्रै बेहोरेको छ, र सेमिफाइनलमा पनि उनीहरूको रक्षात्मक प्रदर्शन उत्कृष्ट रह्यो। अन्तिमसम्म स्पेन शान्त, संयमित र स्तरिय खेलमा कायम रह्यो र कुनै दबाबबिनै खेल आफ्नो पक्षमा टुंग्यायो।
यस हारसँगै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल पुग्ने सपना समाप्त भएको छ। अब उसले शनिबार तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ। साथै, प्रतियोगिता सकिएसँगै १४ वर्षदेखि टोली सम्हाल्दै आएका मुख्य प्रशिक्षक डिडिएर डेसाँको कार्यकाल पनि समाप्त हुने छ।
उता स्पेन भने अब न्यु जर्सीमा हुने विश्वकप फाइनलको तयारीमा जुट्नेछ। उपाधिका लागि उसले इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा हुने छ।
सम्बन्धित खबर
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
१८२ सिटको दम्भ नदेखाऔँ, जनताले सबै नियाल्दैछन्: रवि लामिछाने
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो
पदावधि बाँकी रहेका पदमुक्त आइजीपी कार्की कानुनी उपचार खोज्न छलफलमा
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा
यो पनि पढौँ
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पोखराका सुमन पहारीको उम्मेदवारी
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा बर्खास्त, उपसचिव परियारलाई जिम्मेवारी
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !