देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने

राजनीति

देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने

Deuba

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन्।

यसअघि २६ गते नै आउने भनिएपछि समय परिवर्तन भएको नेता डा. प्रकाशशरण महतले बताए।

उनले भने, ‘२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता कार्यकर्ताको माग बमोजिम हामीले समय परिवर्तन गर्न भनेका हौँ। अब उहाँ २८ गते दिउँसो १२ः २५ मा बजे काठमाडौं उत्रिनुहुनेछ।’

देउवा फर्किँदा आफूहरूले स्वागत कार्यक्रम राखेको समेत बताए।

उनले थपे, ‘हामी स्वागत गर्नको लागि विमानस्थलमा जान्छौँ। त्यही अनुसार नेताकर्तालाई आह्वान गरेका छौँ।’

देउवा स्वदेश फर्किएको भोलिपल्टै आफूनिकट नेताहरूले राखेको भेलालाई सम्बोधन गर्नेछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ