पोखरा । जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखराको शनिबार भएको ३० औं वार्षिकोत्सव समारोहमा ५ जना शिक्षासेवीलाई सम्मान गरिएको छ । समारोहमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउने ४ उत्कृष्ट विद्यार्थीलाई समेत प्रतिष्ठानले छात्रवृत्ति वितरण गरेको हो ।
सम्मानित हुनेमा प्राडा रामचन्द्र पोखरेल, कृष्णदेव प्राधानांग, प्रेमबहादुर श्रेष्ठ, डा. दीर्घमान गुरूङ र रामकली खडका छन् । त्यस्तै छात्रवृत्ति पाउने विद्यार्थीहरुमा सुन्दर ढकाल (मानविकी संकाय), सन्नी गुरूङ (व्यवस्थापन संकाय), समीक्षा चापागाईं (शिक्षा संकाय) र सुशीलकुमार च्वाईं (विज्ञान संकाय) छन् । उनीहरुलाई समाजशास्त्री प्राडा चैतन्य मिश्रले दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
यसैबीच जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा संस्थापक सदस्य विनोद कायस्थ अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिष्ठानको ११ सदस्यीय कार्यसमिति सदस्यमा अरुण शेरचन, अर्जुन अधिकारी, डा नगेन्द्रबहादुर भण्डारी, डा. थानेश्वर सुवेदी, धु्रव श्रेष्ठ, डा. माया लामा, भाविका ढेवाजु, उपेन्द्र गिरी, धनबहादुर नेपाली र डा. विजय थापा चयन भएको निर्वाचन समितिका संयोजक गिरधारी सुवेदीले जानकारी दिए ।
कार्यक्रममा समाजशास्त्री मिश्रले उच्च शिक्षाको विकासमा जोर्ज जोनको महत्वपूर्ण योगदान रहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जोर्ज जोनको प्रेरणाबाट निर्देशित भएर धेरै व्यक्ति शिक्षाको विकासमा लागेको चर्चा गरे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुशुमाकार न्यौपानेले जोर्ज जोन अनुशासित, लगनशील, अहंकारविहीन अध्ययनशील व्यक्ति भएको उल्लेख गरे । उनले सम्मानित शिक्षासेवीलाई जोर्ज जोन जस्तै आदर्शवान बन्न सुझाव दिए ।
कार्यक्रममा पृथ्वीनाराण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोन, क्याम्पस प्रमुख हरि पाठक, पूर्व क्याम्पस प्रमुख गेहेन्द्रश्वर कोइराला, उपाध्यक्ष तथा प्रतिभा छनोट उपसमितिका संयोजक रामगोपाल ढेवाजु, सचिव अर्जुन अधिकारी, सल्लाहकार राजीव पहारी, प्राडा. रामचन्द्र पोखरेल, डा. नगेन्द्रबहादुर भण्डारी, संस्कृतिकर्मी कृष्णदेव प्रधानांग लगायतले शिक्षा क्षेत्रको बारेमा बोलेका थिए । कार्यक्रममा संस्कृतिकर्मी प्रधानांगले प्रतिष्ठानकोा लागि १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरे । जोर्ज जोनले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै क्याम्पसका पूर्वविद्यार्थीहरुले २०५३ सालमा प्रकाशमान गुभाजुको नेतृत्वमा जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा गठन गरेका हुन् ।
प्रतिष्ठानले विगत ३० वर्षदेखि पोखरामा शैक्षिक विकासका लागि काम गर्दै आएको छ । प्रतिष्ठानले शिक्षामा योगदान दिनेहरुको सम्मान, क्षमता विकास, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु