काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका विश्व प्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ)को शव अन्तिम संस्कारको निम्ति बेलायत लगिएको छ ।
पुर्जाको शव आइतबार बिहान पाकिस्तानको इस्लामावादबाट बेलायत लगिएको छ । बेलायतमा नै उनको अन्तिम संस्कार गरिनेछ । परिवारको चाहनाअनुसार निर्मल पुर्जाको शव बेलायत लगिएको हो ।
ब्रोड पिक हिमपहिरोमा परेर विश्व निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ जना नेपाली थिए ।
दुर्घटनास्थलबाट निर्मल पुर्जासहित चारजनाको शव गत शुक्रबार इस्लामावाद ल्याइएको थियो । शुक्रबार दिउँसो इस्लामावाद ल्याइएकामा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव रहेको थियो । एक नेपालीको शव घटनास्थमै रहेको छ ।
मृत्यु हुने ६ नेपालीमध्ये पुरबहादुर गुरुङ ‘युक्त’ को शव बिहीबार (साउन २१) नेपाल ल्याइएको थियो ।
घटनास्थलमा अझै एक नेपाली नवाङ थिन्डु शेर्पा, एक पाकिस्तानी र एक अमेरिकीको शव रहेको जनाइएको छ । भौगोलिक कठिनाइ र खराब मौसमका कारण उनीहरूको शव संकलन गरी ल्याउन नसकिएको स्रोतले बतायो ।
इस्लामावाद ल्याइएका तीन नेपालीको शव सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मंगलबार काठमाडौं ल्याउने र नभए बुधबार ल्याउने तयारी भइरहेको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन