कांग्रेस हाम्रो हो, अदालतबाट न्याय हुन्छ, हुन्छ, हुन्छ : देउवा

राजनीति

कांग्रेस हाम्रो हो, अदालतबाट न्याय हुन्छ, हुन्छ, हुन्छ : देउवा

deuba

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अदालतबाट आफूहरूलाई न्याय हुने बताएका छन्।

शनिबार ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकताका सन्दर्भमा सर्वोच्च अदालतले अन्तिम निर्णय गर्दा निष्पक्ष रूपमा गर्ने विश्वास व्यक्त गरेका छन्। ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन,’ देउवाले भने। उनले राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले किन गर्न सक्दैन भन्दै प्रश्नसमेत गरे।

त्यस्तै, गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन हुँदा आफूसँग सल्लाह नगरेको समेत उनले जिकिर गरे। ‘पार्टी सभापति मै छु, मलाई थाहै छैन। विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ,’ देउवाले भने।

देउवाले जेनजी विद्रोहका बेला भएको आक्रमणमा आफू गम्भीर घाइते भएकोसमेत बताए। ‘सुरक्षाकर्मी नभएको भए मलाई मारिसकेका हुन्थे, मेरो टाउकोमा गम्भीर चोट लागेको थियो,’ उनले भने। जेनजीका नाममा आफूहरूमाथि षड्यन्त्र भएको उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ