काठमााडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन् ।
प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भए पनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकटस्थहरूले खुलाएका छैनन् ।
प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री आउनेबारे जानकारी नभएको बताएका छन् ।
यद्यपि उनी पोखरा विमानस्थल हुँदै मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ। उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन। प्रधानमन्त्री कार्यलय स्रोतका अनुसार मुस्ताङमा स्थान भने गोप्य राखिएको छ ।
यसैबीच, प्रधानन्यायाधीश मनोजकुमार शर्मा पनि मुस्ताङ जाने कार्यक्रम तय भएको छ । प्रधानन्यायाधीश शर्मा भने पोखरा बाग्लुङ हुँदै मुस्ताङ जाने कार्यक्रम छ ।
प्रधानन्यायाधीश शर्मा अदालत निरीक्षण भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री भोलि नै काठमाडौं फर्कने कार्यक्रम छ भने प्रधानन्यायाधीश शर्मा आइतबार मात्र फर्कने छन् ।
सम्बन्धित खबर
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने: शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो