काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त केही पदाधिकारीको पदपूर्ति गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले रिक्त विभिन्न पदाधिकारीको पदपूर्ति गरेको हो ।
स्रोतका अनुसार कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव,प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल,सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् ।
तर एक उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अझै रिक्त छ।
सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनयन गरेको छ।
पार्टीको केन्द्रीय समिति विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रबाट नेतृत्व प्रदान गरिरहेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको मनिष झाले जानकारी दिएका हुन्।
मनोनीत हुनेहरूमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, वसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी रहेका छन्।
तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकमा मनोनीत हुने
रास्वपाले तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत गर्ने भएको छ ।
बैठकले अन्य पदाधिकारी पदमा नेताहरूलाई मनोनीत गरेको छ। सचिवालयमा ११ जनालाई मनोनीत गरिएको नेता झाले बताए । उनका अनुसार उपसभापति, महामन्त्री,सहमहामन्त्रीसहित ४२ जना केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुनेछन्।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ