किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने

राजनीति

किस्तीमा राखेर आएको प्रधानमन्त्री पद त्याग गरेको व्यक्ति हुँ: रवि लामिछाने

कार्यकर्तालाई निर्देशनः पुराना दलसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

Rabi-lamichhane-and-RSP-neta

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेले आफूले हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पर्दा त्याग गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

आइतबार पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दे उनले किस्तीमा राखेर आएको प्रधानमन्त्री बन्ने प्रस्ताव हाँसीहाँसी त्यागेको बताएका हुन् । यसअघि रास्वपाले २१ सिट जित्दा किस्तीमा प्रधानमन्त्री पदको प्रस्ताव आएको तर आफूले त्यसलाई वास्ता नगरेको उनको दाबी छ।

‘म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो’, उनले भने, ‘मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो।’

त्यो प्रस्ताव स्वीकरा गरेर प्रधानमन्त्री बनेको भए रास्वपाले अहिलेको उपलब्धि हासिल गर्नै नसक्ने उनले बताए। सिंहदरबारको भित्तामा आफ्नो फोटो टाास्नेबाहेकको काम नहुने उनको तर्क छ। आफूले त्याग गरेकै कारण यति ठूलो आन्दोलन भएको र होनाहार युवा नेतृत्वमा आएको उनको भनाइ छ। उनले यी कुरा पहिल्यै महशुस गरेको दाबी गरे।

‘धेरै नै भए सिंहदरबारमा एउटा तस्वीर सम्म टाँसिन्थ्यो होला। तर, देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रा होनाहार युवा कुरेर बसेको थियो’, उनले भने, ‘त्यतिखेर साँच्चै मलाई त्यो महशुस भएको थियो।’

कार्यकर्तालाई निर्देशनः पुराना दलसँग ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू

लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागी अगामी ३५ वर्षको कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्।

लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेकोसमेत बताए।

उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले विगत ३५ वर्षमा पुराना राजनीतिक दलहरूले गरेका सकारातमक कामहरूप्रति धन्यवाद दिनुपर्ने बताए।

उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए। कयौँ नेताहरू पनि थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? अब हामीले दोष देखाउने कुनै कुरा छैन। अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुहोस्। अब बितेको ३५ वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यावद। तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि।’

उनले घण्टीमा भोट हालेकाहरुले सरकारको विरोध नगरेको पनि बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ