गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय

राजनीति

गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय

न्यौपानेलाई भौतिककाे जिम्मेवारी

phadindra min

पोखरा । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बनेका छन् । एमालेले छोडेको मन्त्रालयमा देवकोटालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यसअघि देवकोटाले नै छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा थिए । न्यौपानेको जिम्मेवारी हेरफेर गरिएको छ । न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । गण्डकीमा भौतिक र ऊर्जा मन्त्रालय सबैभन्दा बढी बजेट भएका मन्त्रालय हुन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नै देवकोटालाई मन्त्री पदको शपथ गराएका हुन् ।

देवकोटाले जेन-जी आन्दोलनपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारबाट बाहिरिए पनि उनले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका थिए ।

एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी सरकारका चार मन्त्रालय रिक्त भएका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी र स्वास्थ्य मन्त्रालय भने मुख्यमन्त्रीसँगै रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ