धादिङ पछि नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्

राजनीति

धादिङ पछि नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्

‘यहाँ अलपत्र मानिसहरू कहाँ गएर हामी केही गर्छौँ भनेर ढाडस दिने मान्छे पनि छैन’

794228694_1428403012691273_5964138279916180812_n

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले काम नगरेको टिप्पणी गरेका छन्।

शुक्रबार बाढी प्रभावित क्षेत्रको अवलोकनको क्रममा नुवाकोट पुगेका ओलीले सरकार प्रचारमा मात्र सीमित रहेको आरोप लगाए।

सरकारको प्रभावकारिता पर्याप्त नभएको बताउँदै उनले भने,‘ सरकारको त केही नै भएन। अहिले हेलिकप्टर उडेको देख्छु। चार–पाँचवटा गइसक्यो। ती किन उडिराख्या छन् थाहा छैन। यहाँ मानिसहरू अलपत्र छन्।’

अध्यक्ष ओलीले बाढी पीडितसँग हामी केही गर्छौँ भनेर ढाडस दिने मान्छेसमेत नभएको बताउँदै जनताले सरकारको कामको मूल्याङ्कन गरिरहेको बताए।

सरकारका मन्त्रीहरू एआईबाट बनेको फोटो देखाएर प्रचारमा लागेको आरोप लगाउँदै उनले पपुलारिटी बटुल्ने काम भइराखेको बताए।

‘मन्त्रीहरू एआई सिर्जित फोटो हिलाम्मे मान्छे बोकेर गाडीमा मन्त्रीले राखेका तस्बिरहरू देखाएर पपुलारिटी बटुल्ने काम भइराखेको छ’, उनले भने, ‘हामीलाई एआई सिर्जित तस्बिरहरूको प्रचार होइन, हामीलाई जनतालाई राहत दिने काम चाहिएको छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds