भोटेकोशीको बाढीका कारण त्रिशुली थ्री-एको सुरुङको मुख थुनिएपछि फसेका दुई जनाको शुक्रबार उद्धार भएको छ । बाढी आएको १० दिनपछि दुइजना सकुशल भेटिएपछि त्यहाँ हराइरहेका भनिएका अन्यलाई पनि फेला पार्ने आशा जागेको छ ।
यो सुरुङमा फसेकाहरूलाई बाहिर ल्याउनका लागि नेपाली सेनाको कमान्डमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्युत प्राधिकरणका प्रावधिक लगायतको टोली खटिएको थियो । उनीहरूले एक साता लामो प्रयासपछि जीवित उद्धार गर्न सफल भएका हुन् । यसले नेपालमै पनि यस्ता जटिल विपद्मा पनि नेपालीले नै गर्नसक्छन् भन्ने प्रमाणित भएको छ । त्रिशूली ३ ‘ए’ मा उद्धार टोलीको कमान्ड गरिरहेका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल गंगा बराल भन्छन्- ‘रातदिन काम गर्यौं । विश्वासै नलाग्ने ठूलो सफलता हात परेको छ । नेपालीले पनि गर्नसक्छन् भन्ने हामीले प्रमाणित गरेका छौं ।’
उनले विपद् व्यवस्थापनमा यो सुरुङबाट उद्धारको घटना एउटा ठूलो अनुभव भएको उनले बताए । उनका अनुसार अहिले अरू पनि मानिस त्यहाँ फसेको हुनसक्ने भएकाले सक्रिय रूपमा काम गरिरहेको उनले जानकारी दिए ।
‘हामीले दिन रात काम गर्यौं, लागिरह्यौं । सेना, सशस्त्र नेपाल प्रहरी विद्युत् प्राधिकरणका कमर्चारी सबैको समन्वयमा काम भइरहेको छ,’ उनले भने ।
शुक्रबार बिहान सञ्जय साह र कविर महर्जनको उद्धार भएको थियो । सञ्जय साह आयोजनाको कन्ट्रोल रूममा काम गर्थे । महर्जन आयोजनाका सुपरभाइजर हुन् । उद्धार लगत्तै महर्जनलाई सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । साहलाई पनि उच्च मेडिकल निगरानीमा राखिएको छ । साहले उद्धारपछि आफू कसरी फसेँ भन्नेबारे बोलेका छन् । उनले बाढी सुरुङमा पसेपछि अरूलाई पनि भाग्न भनेको र त्यसक्रममा आफू ढिलो हुँदा भित्रै फसेको बताएका छन् ।
त्रिशूली-३ ‘ए’ मा दोहोर्याएर खोज्दा पनि थप कोही फेला परेनन्
माथिल्लो त्रिशूली-३ ‘ए’ मा दुई जना सकुशल र एउटा शव फेला परेपछि उद्धार टोलीले दुई पटक फेरि पनि खोजी गरेको जनाएको छ।
उद्धार तथा खोजमा संलग्न इन्जिनियर उदय न्यौपानेले आफू पनि फेरि गएर खोज गर्दा कोही फेला नपरेको बताएका हुन्।
‘मैले पनि पूरै खण्डभित्र गएर फेरि जाँच गरेँ, तर कोही पनि भेटिएन,’ उनले फेसबुकमा लेखेका छन्।
यो आयोजनामा करिब ४० जना फसेको आशंका गरिएको थियो।
दिनभर कुन जलविद्युत आयोजनाको सुरूङमा कस्तो उद्धार प्रयास भयो?
भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाहरूका सुरूङ तथा पावर हाउसमा श्रमिक तथा प्राविधिक कर्मचारीहरू फसेको आशंकामा उद्धार प्रयास भइरहेको छ।
सेनाले आज दिनभर कुन आयोजनाको सुरूङमा के प्रयास भयो भन्ने विवरण सार्वजनिक गरेको छ।
त्रिशूली ३ ‘ए’
यो जलविद्युत आयोजनाको सुरूङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त खोज तथा उद्धार टोलीले काम गरेको थियो।
शुक्रबार उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ। उनीहरूलाई थप उपचारको लागि हेलिकप्टरमार्फत वीरेन्द्र अस्पताल छाउनी ल्याई उपचार भइरहेको छ। खोज तथा उद्धारको क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
त्रिशूली ३ ‘बी’
त्रिशूली ३बीमा सेनाका ८९, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेको छ।
उक्त क्षेत्रसम्म पुग्न एक्स्काभेटरबाट बाटो बनाउन बबक्याटको प्रयोग गरी खन्ने तथा माटो पन्छाउने कार्य भइरहेको जनाएको छ। अडिट टनेल १ बाट ४२६ मिटर भित्र प्रवेश गरेको छ। साथै, अडिट १ बाट एक्स्काभेटर छिराउन अपरेटर सहित त्रिशूली ३ ए सँग लिङ्कअप गराउने कार्य भइरहेको जनाएको छ।
लाङटाङ खोला जलविद्युत आयोजना
यो आयोजनामा नेपाली सेनाका २५ तथा गैरसैनिक २ सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी २ वटा शव फेला परेको जनाएको छ। थप खोज तथा उद्धार जारी छ।
चिलिमे जलविद्युत आयोजना
चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र मडपम्पको सहायताले लेदो फाल्ने कार्य गरिरहेको छ।
माथिल्लो त्रिशुली-१
माथिल्लो त्रिशूली १ को हाकुस्थित टनेलमा नेपाली सेनाका १७ जना र आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले र्याफ्ट र बोटको समेत प्रयोग गरी खोजी कार्य गरिरहेको छ। साथै, टनेलमा रहेको पानी फाल्ने काम गरिरहेको छ।
सम्बन्धित खबर
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
दार्चुलाको अपि हिमाल मार्गमा पनि पहिरो खस्यो, आधा घण्टा पूर्ण रूपमा थुनियो चमेलिया नदी
भाेटेकाेशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार २९४ पुग्यो, ५ हजार ५३ जना बेपत्ता
त्रिशुली थ्री-एको सुरुङबाट दशौं दिनमा दुई जनाको जीवितै उद्धार, दोहोर्याएर खोज्दा पनि थप कोही फेला परेनन्
धादिङ पछि नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्
जन्मदिनमा हेटौँडाका सतीशले प्रदान गरे १० हजार ९५७ रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग