काठमाडौँ । रसुवा बाढीमा परी हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी बाढीमा मृत्यु भएका १ हजार २९४ जनाको शव प्राप्त भएको जनाएको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना आश्रय लिएर बसेका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।
बाढीबाट ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । त्यस्तै ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै ३७ मोटरेबल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ ।
त्यस्तै ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट र २ प्रसारण लाइनमा क्षति पुगेका कारण ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने