काठमाडौँ । रसुवा बाढीमा परी हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी बाढीमा मृत्यु भएका १ हजार २९४ जनाको शव प्राप्त भएको जनाएको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना आश्रय लिएर बसेका छन् । प्रारम्भिक विवरणअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।
बाढीबाट ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । त्यस्तै ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै ३७ मोटरेबल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक आकलन गरिएको छ ।
त्यस्तै ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट र २ प्रसारण लाइनमा क्षति पुगेका कारण ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित खबर
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
दार्चुलाको अपि हिमाल मार्गमा पनि पहिरो खस्यो, आधा घण्टा पूर्ण रूपमा थुनियो चमेलिया नदी
भाेटेकाेशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार २९४ पुग्यो, ५ हजार ५३ जना बेपत्ता
त्रिशुली थ्री-एको सुरुङबाट दशौं दिनमा दुई जनाको जीवितै उद्धार, दोहोर्याएर खोज्दा पनि थप कोही फेला परेनन्
धादिङ पछि नुवाकोट पुगेर ओलीले भने : मन्त्रीहरु पपुलारिटी बटुल्न मात्रै लागे, काम गरेनन्
जन्मदिनमा हेटौँडाका सतीशले प्रदान गरे १० हजार ९५७ रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग