नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजनको दिशामा जाने चेतावनी दिएका छन्।
पार्टी सभापति गगन थापालाई नै निरन्तरता दिन आफूहरू तयार रहेको भए पनि महाधिवेशन जबरजस्ती अघि बढाउन खोजिए पार्टी फुट्ने उनको जिकिर छ।
कञ्चनपुरको दोधारा-चाँदनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले पार्टी एकता जोगाउन आफूहरूले अधिकतम लचकता अपनाइरहेको दाबी गरे।
उनले भने, ‘अहिले पनि उपाय बाँकी छ। आ-आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ।’
पार्टी एकताका लागि आफूहरूले विगत ११ महिनादेखि निरन्तर संवाद र प्रयास गरिरहेको भन्दै लेखकले सभापति फेर्ने पक्षमा आफूहरू नरहेको सुनाए।
‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौं, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने, ‘उहाँलाई हटाउने हाम्रो माग होइन, तर समझदारीका लागि तयार हुनुपर्छ।’
विवाद समाधानका लागि नेता लेखकले विशेष महाधिवेशन र १४ औं महाधिवेशनबाट बनेका कार्यसमितिलाई एकै ठाउँमा ल्याउनुपर्ने विकल्प प्रस्तुत गरे।
चौधौं महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा अनिवार्य रूपमा समेट्नुपर्ने उनको अडान छ।
त्यस्तै, पार्टीका महत्त्वपूर्ण समितिहरूमा सभापति थापालाई नै बहुमत दिन सकिने लचिलो प्रस्तावसमेत उनले अघि सारे। निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले नै संयोजक तोक्न र आफ्नो पक्षको बहुमत राख्न सक्ने उल्लेख गर्दै लेखकले ती समितिहरूमा अन्य समूहबाट कम्तीमा ए-एक जना प्रतिनिधि भने अनिवार्य राखिनुपर्ने धारणा राखे।
गगन भन्छन् – १५ औँ महाधिवेशन सार्न सक्दैनौँ
तर, सभापति गगन थापाले १५ औँ महाधिवेशन सार्न सक्ने वैधानिक सुविधा नभएको बताएका छन् । कार्यसम्पादन समितिको बैठकमा थापाले तलमाथि नगरी निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
‘अधिवेशनको वैधानिक बाध्यता हामीलाई छ । १५ औँ महाधिवेशन असोज १६, १७, १८ काठमाडौंमा हुन्छ,’ थापाले भने, ‘मिति तलमाथि गर्ने वैधानिक सुविधा हामीसँग छैन ।’
तर बाढीका कारण रसुवा, धादिङ र नुवाकोटमा वडा अधिवेशन गर्न कठिन रहेको उनले बताए ।
आजै कांग्रेसको देउवा समूहका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका थिए । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए ।
सम्बन्धित खबर
बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने
महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक
तिब्बत क्षेत्रमा हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, थप विपद्को जोखिम टर्यो
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी