मुग्लिन । तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाउन नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा भइरहेको सडक मर्मतको समयलाई सदुपयोग गर्दै तुइन खोलाको जोखिमयुक्त माटो कटान गर्न स्थानीय प्रशासनले निश्चित समय तालिका तोकेर मात्र सवारी आवागमन सञ्चालन गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो व्यवस्थापन कार्यका लागि दिनभर सडक रोकिने भए पनि यात्रुको सहजताका लागि निश्चित समयमा सवारी पास गराइनेछ।
सडक बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, दिउँसो ३ः५० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि मात्र नियमित रूपमा खुला गरिनेछ।
यी तोकिएका समयबाहेक अन्य समयमा भने सवारीसाधन पूर्ण रूपमा रोकेर काम गरिनेछ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै कृष्णभीरको मर्मत सम्पन्न भई आवागमन नियमित नहुञ्जेलसम्म तुइन खोलामा यो व्यवस्था लागू रहने जानकारी दिएका छन्।
‘कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ-मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा जारी सूचनामा भनिएको छ।
तुइन खोला खण्डमा बारम्बार माथिबाट पहिरो खसेर सडक अवरुद्ध हुने र जनधनको जोखिम उच्च रहने गरेको छ। सोही जोखिम न्यूनीकरण गर्नका लागि समय-समयमा खसिरहने पहिरोको माथिल्लो भागमा रहेका र झर्न सक्ने कमजोर माटो तथा ढुङ्गा पन्छाएर पहिरो व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने