नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्य, प्रमाण र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई सुझाव दिएका छन्।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ‘ग्रान्ड शो’ मा मात्र सीमित नगर्न आग्रह गरेका हुन्।
विदेश भ्रमणको तयारीका लागि उनले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिएका छन्।
थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद नेपालले भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए।
थापाले आगामी केही दिन सरकार र सबै राजनीतिक दलहरू केवल उद्धार कार्यमा मात्रै केन्द्रित हुनुपर्ने बताए। फिल्डमा खटिएका प्राविधिक तथा विपद्मा परेका पीडित परिवारका सदस्यहरूले समयमा राज्यको सहयोग नपाएको भन्दै गुनासो गरिरहेको तर्फ उनले नेतृत्वको ध्यानाकर्षण गराए।
पीडितहरूको पीडा र आक्रोशलाई औंल्याउँदै सभापति थापाले भने, ‘प्रभावित परिवारका मानिसहरूले हाम्रो बारेमा सुनिएन, हामीलाई ठीक समयमा सुनिएन भन्ने आक्रोश छ। यो त सधैँभरि रहन्छ।’
समयमै राज्यको उपस्थिति नदेखिँदा जनतामा निराशा र आक्रोश पैदा भएको उनको भनाइ थियो। सभापति थापाले घटनाका कमजोरी र कमीकमजोरीबारे गरिने राजनीतिक समीक्षा र गम्भीर बहसलाई तत्कालका लागि थाती राख्नुपर्ने बताए।
‘अहिले आरोप-प्रत्यारोप होइन, तत्कालीन उद्धारको चरण सकिएपछि घटनाबारे गम्भीर बहस र छलफल गरौंला,’ उनले भने, ‘अहिलेको एकमात्र प्राथमिकता भनेको प्रभावित नागरिकको तत्काल उद्धार, द्रुत राहत र आवश्यक सहयोग पुर्याउनु नै हो।’
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने