काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमाहरूलाई सम्बोधन गर्दै युवाको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बाचा गरेका हुन्।
शहीदका आमाहरूलाई सम्बोधन गर्दै भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो। तिम्रो गर्भमा नायकले बास गरेको हो। आफ्नो गर्भलाई धन्यवाद भन। म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु। स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो। प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु। तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’
उनले आन्दोलनका क्रममा घाइते युवाले खुट्टा टेक्न र संसार देख्न नसकेका पनि देशले परिवर्तन पाएको बताए।
उनले थपे, ‘तिमीले खुट्टा टेक्न पाएनौ साथी, त्यसकारण यो देशले खुट्टा टेक्न पायो। तिमीले आँखा देख्न पाएनौ गोली खाएर, त्यसकारण यो देशले संसार देख्न पायो।’
उनले पार्टी नेतृत्वको सरकारले आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्ने बताए। सहिद परिवार, घाइते तथा पीडितको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘यो सरकारले माग सम्बोधन गर्छ। यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ। प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ।’
पूर्व वा वर्तमान जुनसुकै पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित भए सरकारले कठालो समातेर कारबाही गर्ने बताए।
सुनारले थपे, ‘जसले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कोठामा समातेर कारबाही हुनेछ। सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ। एक एक खनेर हिसाब हुनेछ। खनखनी गनेर हिसाब हुनेछ।’
सम्बन्धित खबर
विवादित धर्मगुरुलाई अगाडि, मन्त्रीलाई पछाडि राखेर के गर्न खोजेको ?: रास्वपा सांसद अमरेश
जेन्जी सहिदका आमालाई खगेन्द्र सुनारले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो
सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारेः प्रचण्ड
जेनजी दिवसको कार्यक्रममा सहिद र घाइतेको अपमान भएको रास्वपा सचेतक क्रान्तिशिखाको टिप्पणी
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले भने– नागरिकको पीडाप्रति राज्य संवेदनशील हुनुपर्छ (पूर्णपाठ)
बालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु