कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि नै विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ ।
कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजनाले चार दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन बन्द गरेको थियो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव उच्च हुँदा जोखिम नहोस् भनेर उत्पादन रोकिएको थियो । अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गर्न लागिएको उनले बताए ।
बाढीपछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन सुरु गर्न सकिने पौडेलले जानकारी दिए ।
कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो ।
अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको सङ्गमस्थल सेतीबेणी बजारसमेत डुबानमा परेको छ । बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ ।
यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो ।
सम्बन्धित खबर
बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल
२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
यो पनि पढौँ
रामघाटमा सेती नदी थुनिँदा बन्यो ताल [तस्वीरहरू]
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम