सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

syangja-traffic-chowk–sadak-pahiro

अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ ।

पुतलीबजार नगरपालिकास्थित तिनधारे, बसपार्क, बर्जा र बगालथोक सडकखण्डमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो हटाएपछि सुचारु भएको हो ।

पहिरो हटाएर उक्त सडकखण्ड सुचारु गराएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

त्यस्तै, गल्याङ नगरपालिका–३ चिन्नेपानीस्थित सिद्धार्थ राजमार्गमा पनि सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो हटाएपछि उक्त सडकखण्ड हाल एकतर्फी रूपमा सुचारु भएको अवस्थीले बताए ।

अविरल वर्षाका कारण अन्य स्थानमा समेत पहिरो खस्न सक्ने जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ