२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति

२९ वर्षीय ढकाल बने गण्डकीकै कान्छो कांग्रेस पालिका सभापति

anil-dhakal

२९ वर्षको उमेरमै अनिल ढकाल नेपाली कांग्रेसको पालिका सभापति बनेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाको आँधीखोला गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएसँगै उनी उमेरका हिसाबले गण्डकी प्रदेशकै कान्छो पालिका सभापति बनेका हुन् ।

गत बुधबार सम्पन्न गाउँपालिका अधिवेशनबाट ढकाल सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय ढकालले कक्षा ९ मा अध्ययन गर्दादेखि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा थालेका थिए ।

उनले विसं.२०६७ कात्तिक २६ गते तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाबाट पार्टी सदस्यता लिएका थिए ।

सभापतिमा चयन भएपछि ढकालले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर पार्टी संगठनलाई अघि बढाउने बताएका छन् । आँधीखोलामा कांग्रेस संगठनलाई थप सुदृढ र प्रविधिमैत्री बनाउँदै जनताको भरोसा जित्ने गरी काम गर्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ