नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि छनोटको मतदान विवादित बनेपछि क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले महाधिवेशन प्रक्रियाबाट अलग रहने घोषणा गरेका छन् ।
असोज १३ गते भएको मतदान व्यवस्थापनमा समस्या देखिएपछि स्थगित भएको थियो । त्यसपछि पुनः मतदान गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको थिएन ।
प्रतिनिधि छनोट प्रक्रिया व्यवस्थापकीय कमजोरीका कारण विवादमा परेको स्थानीय नेता–कार्यकर्ताको भनाइ छ । क्षेत्रीय सभापति खाँणले भने केन्द्रदेखि पालिकासम्मका निर्वाचन समितिले निर्वाह गर्नुपर्ने जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेको बताएका छन् ।
बिहीबार जारी गरेको वक्तव्यमा खाँणले गुटबन्दी, होहल्ला, अफवाह फैलाउने, भइसकेको सहमति नमान्ने, चरित्र हत्या र झुटा प्रचार गर्ने तथा एकपछि अर्को उजुरी दिने गतिविधि भएको उल्लेख गरेका छन् । यस्ता गतिविधिप्रति असहमति जनाउँदै नैतिकताको आधारमा महाधिवेशन प्रक्रियाबाट अलग रहने उनले बताएका हुन् ।
खाँणले अब हुने निर्वाचन तथा महाधिवेशन प्रक्रियामा सहयोग गरिदिन स्याङ्जा–२ अन्तर्गतका निर्वाचित पालिका सभापतिहरूलाई आग्रह गरेका छन् ।
यसैबीच केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार स्याङ्जा–२ मा पुनः मतदान हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत फणिन्द्रराज कोइरालाले असोज १३ गते स्थगित भएको मतदान असोज १६ गते बिहान ८ बजेदेखि वालिङ खेलमैदानमा हुने जानकारी दिएका छन् ।
सम्बन्धित खबर
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
साउदी र मलेसियाका प्रस्तावित राजदूत अस्वीकृत, १० राजदूतको नाम अनुमोदन, जापानका थापा होल्डमा
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने