पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।
पहिचान खुल्नेमा जाजरकोट भेरी नगरपालिका–२ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।
पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४०/४२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा र भरतपुर अस्पताल लगिएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा शनिबार बिहान ४ बजे नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
गण्डकीका पूर्वमन्त्री मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश, पाए मनाङको जिम्मेवारी