कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा, चीट बाँडे स्वीकार्य नहुने चेतावनी

राजनीति

कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा, चीट बाँडे स्वीकार्य नहुने चेतावनी

Gagan-Thapa_NPL-1

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा अब कुनै समूह नरहेको घोषणा गरेका छन्। महाधिवेशनको जारी बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीमा लामो समयदेखि चल्दै आएको समूह अन्त्य भएको बताए।

उनले मतदानको क्रममा कुनै समूह भनेर चीट बाँडेको पाइए स्वीकार्य नहुने चेतावनी दिए।

उनले भने, ‘देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष नियमित समूह सबै आजदेखि सकियो। यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धि यही हो। भोलि अधिवेशनमा यो वा त्यो समूह भन्ने हुँदैन। सबैले आफ्नो विवेक पुर्‍याएर निर्वाचनमा भाग लिनुपर्छ।’

उनले भोलि रातिसम्म मतदानको काम सकिने बताए। क्लस्टर अनुसार ८ सयभन्दा धेरै उम्मेदवार भएकाले मत परिणाम आउनको लागि एक दुई दिन लाग्ने बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ