काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा युवा नेता एवं उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् ।
कास्की क्षेत्र नं. २ बाट अत्याधिक लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफ्नो व्यावसायिक अनुभवलाई अब पार्टी र मुलुक निर्माणको बृहत्तर यात्रासँग जोड्ने उद्देश्यले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
केसीले निजी क्षेत्रको अनुभवलाई नीतिगत प्राथमिकतामा ल्याउन र राजनीतिलाई मुलुकको समृद्धिसँग जोड्नका लागि उम्मेदवारी दिएको बताए । नेपाली कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री र अनुमानयोग्य वातावरण तथा स्वदेशमै रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आर्थिक नीतिमाथि बहस चलाइरहेको छ ।
कांग्रेसले प्रत्येक तहको कार्यसमितिमा उद्यम तथा व्यवसायमा दक्षता हासिल गरेका सक्षम युवालाई सिधै पार्टी संरचना र निर्वाचनको टिकटमा निश्चित प्रतिशत आरक्षण दिने घोषणा गरेको छ । यही परिवेशमा जलविद्युत्, वित्तीय तथा पूर्वाधार निर्माण क्षेत्रमा अब्बल अनुभव भएका केसीले केन्द्रीय सदस्यमा दाबी गरेका हुन् ।
‘मैले निजी क्षेत्रमा रहेर रोजगारी सिर्जना, लगानी विस्तार र अर्थतन्त्रका चुनौतीलाई नजिकबाट भोगेको छु,’ उनले भने, ‘पार्टीले निजी क्षेत्र र राजनीतिलाई नजिक्याउने प्रयास गरेको छ । उद्यमशीलतालाई नीतिगत प्राथमिकतामा ल्याउन र राजनीतिलाई मुलुकको समृद्धिसँग जोड्नका लागि मेरो उम्मेदवारी हो ।’
उनले उद्योग–व्यवसायलाई अनावश्यक रूपमा अपराधीकरण गर्ने कानुनी व्यवस्थाको पुनरावलोकन र झन्झटरहित व्यावसायिक वातावरण निर्माणका लागि पार्टीभित्र आवाज उठाउने प्रतिबद्धता अघि सारेका छन् ।
को हुन् केसी ?
नेपाली काँग्रेसको राजनीतिमा १० वर्षदेखि क्रियाशील सदस्यका रुपमा रहेका केसी १४ औं महाधिवेशन, २०७८ मा महाधिवेशन प्रतिनिधि बनेका थिए भने उर्जा तथा जलश्रोत विभाग, गण्डकी प्रदेश सदस्यका रुपमा पार्टीमा योगदान दिएका छन् ।
केसी ग्रुप अफ कम्पनीका निर्देशक केसीले विश्वका विभिन्न स्थापित शैक्षिक संस्थाबाट अध्ययन गरेका छन् । केसीले प्रतिष्ठित विश्वविद्यालयहरूबाट भारतबाट एमबीए, बेलायतबाट ब्याचलर्स तहका शैक्षिक योग्यता पूरा गरेका छन् ।
पोखराका केसी प्रतिष्ठित उद्योगी तथा पूर्व संविधानसभा सदस्य एवं सांसद स्व. सूर्यबहादुर केसीका छोरा हुन् । उनी जलविद्युत्, वित्तीय, निर्माण, हस्पिटालिटी र हाउजिङ क्षेत्रमा सक्रिय छन् ।
बाबुको व्यावसायिक यात्रालाई जिम्मा लिएर निरन्तरता दिएका केसी व्यवसायसँगै शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी पोखरास्थित कालिका बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष छन् । जुन क्याम्पसमा केसी परिवारले ३ करोड बढी लगानी गरी बहुउद्देश्यीय भवन निर्माण गरेका छन् । पोखरा स्कुल अफ टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्टमा निर्देशकका रूपमा पनि उनी आबद्ध छन् ।
केसी विशेषगरी ऊर्जा र वित्तीय क्षेत्रमा सक्रिय छन् । उनी सिक्लेस हाइड्रोपावर र भगवती हाइड्रोपावरका अध्यक्ष हुन् भने गण्डकी हाइड्रोपावर, टास्क हाइड्रोपावर, सिभिल हाइड्रोपावर, युनाइटेड इदि एण्ड मर्दी हाइड्रोपावर, करूवासेती हाइड्रोपावरका सञ्चालक छन् ।
सर्वाधिक लोकप्रिय इन्स्टान्ट नुडल्स रारा चाउचाउको उत्पादन हिमश्री फुड्स प्रालि केसी परिवारकै हो । आभ्या क्लब, पोखरा होम्स र सन नेपाल लाइफ इन्स्योरेन्सका केसी डाइरेक्टर हुन् । यी उद्योग, हाइड्रो तथा व्यवसायिक कम्पनी अन्तर्गत १५ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सम्बन्धित समाचारः
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
सम्बन्धित खबर
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
बालेन सरकार नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगिसक्यो : गगन थापा
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू