पोखरा। सञ्चारकर्मी रवि लामिछानेको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले शनिवार पोखरामा भेलाको आयोजना गरेको छ।
भेलालाई सम्बोधन गर्दै पार्टीका सभापति समेत रहेका लामिछानेले कुनै लोभ, डर नराखी जनताको भर लिएर आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा आएको बताए। उनले जनतालाई अब विधिको शासन चाहिएको भन्दै अस्पताल जाँदा राम्रो उपचार, विद्यार्थीका लागि राम्रो शिक्षा, भरपर्दो सार्वजनिक सवारी, युवाहरूका लागि रोजगारीको अवसर र देशका नीति निर्माणको तहमा योग्य र अनुभवी व्यक्तिको प्रवेश हुनुपर्नेमा जोड दिए।
लामिछानेले विगत ५-६ वर्षसम्म सञ्चार कर्ममा रहेर जनताको आवाज प्रस्तुत गर्दा आफूले जे पीडा देखियो त्यही पीडालाई आफ्नो अवधारणा र प्राथमिकता बनाएर राजनीतिमा होमिएको भन्दै आफूलाई धेरै व्यक्तिले टेलिभिजनमा कराउने मान्छेलाई राजनीति गर्न आउँदैन भन्ने गरेको स्मरण गरे। उनले अगाडि भने – “हो मलाई राजनीति आउँदैन, र मलाई राजनीति गर्नु पनि छैन तर, मलाई विदेशमा बेचिएकी नेपाली चेलीलाई नेपाल ल्याउन आउँछ, ठग मानिसलाई जेल कोच्न सक्ने बनाउने नीति बनाउन आउँछ, चराले विस्ट्याउंदा पनि मन्दिरको छतमा रुख उम्रिने उर्वर भूमिबाट बालुवाको भूमिमा पुगेको युवाको लागि सुनौलो भविष्य कोर्न आउँछ र विभिन्न विभेदको पासोमा नक्कली तमसुक बनाएर आम सर्वसाधारणलाई ऋणको पासोमा डुबाउन खोज्नेहरूलाई जेल पुर्याउन आउँछ।”
उनले गण्डकी प्रदेशका मुख्यमन्त्रीतर्फ लक्षित गर्दै जिउँदा आफ्ना कार्यकर्ताको नाउँमा कति रकम पोसे त्यसको हिसाब किताब नभएपनि स्वर्गमा पुगेका आफ्ना बाउको नाउँमा समेत राज्यकोषको सम्पत्ति दुरुपयोग गर्ने प्रयास गरेको बताए।
उनले अत्यन्तै सम्भावना रहेको ठाउँ पोखराले आफूलाई धेरै माया र प्रेरणा दिएको बताउँदै पोखरा पर्यटनको हब रहेकोमा यहाँका विश्वविद्यालय र युनिभर्सिटीका समस्याहरू समाधान गर्दै अगाडि बढ्न सकेमा पोखरा शैक्षिक हब पनि बन्न सक्ने दाबी गरे। लामिछानेले सरकारी जग्गा जमिनलाई पहुँचवाला र आफ्ना कार्यकर्ता पोस्ने माध्यम बनाइएको भएपनि जनताहरू केही गर्न नसक्ने अवस्थामा रहेको बताए। उनले अब व्यवस्था होइन अवस्था बदल्नुका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी