पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते

पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते

Jeep

फाइल तस्वीर

पर्वत । पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा बिहान सवा ११ बजे ग १ ज ७८५१ नम्बरको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ।

जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ।

दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय झलकराज पौडेल, ४० वर्षीय दलबहादुर मल्ल, ५८ वर्षीय सरिता ठकुरी, ७६ वर्षीय रामबहादुर माझी र ४६ वर्षीय मीना मल्ल घाइते भएका छन्। दुर्घटना परी घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

चालक ४० वर्षीय ओमसेन ठकुरी सहितका तीनजना भने सकुशल रहेका छन्। जिपधनीसमेत रहेका ठकुरी आफूहरूको नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धानको क्रममा ब्रेक फेल भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ