खोलाले बगाउँदा वडा सदस्यको ज्यान गयो

खोलाले बगाउँदा वडा सदस्यको ज्यान गयो

khola

नुवाकोट । नुवाकोटमा खोलाले बगाउँदा वडा सदस्यको ज्यान गएको छ।

मङ्गलबार साँझ बेलकोट खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका–१२ की वडा सदस्य सुकुमाई तामाङको ज्यान गएको हो।

खेतमा काम गरेर फर्कने क्रममा खोलाले बगाउँदा ५४ वर्षीया तामाङको ज्यान गएको हो।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको प्रहरीले जनाएको छ।

उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ