गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरेली स्वतन्त्र युवाहरूले नागरिकता संशोधन विधेयक विरुद्ध बुधवार विरोध सभाको आयोजना गरेका छन्।
युवाहरूले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि त्यसको विरोध स्वरूप पोखराको मानवअधिकार चोकमा विरोध सभाको आयोजना गरेका हुन्।
विरोध सभामा उपस्थित अटेरी अभियानका गनेस पौडेलले नेपाल सरकारले हालै जारी गरेको नागरिकता ऐनले नागरिकतालाई अत्यन्तै सस्तो विषयवस्तुको रूपमा लिएको बताए। उनले नागरिकता जस्तो संवेदनशील विषयमा असंवेदनशीलता जनाउने र महिला विभेदलाई प्रोत्साहन गर्ने खालका विभेदको खारेजको माग गर्दै विरोध सभाको आयोजना गरिएको बताए।
यस्तै, विरोध सभामा सहभागी सुवास शर्माले नागरिकताको विषयमा सरकार उदासीन बनेको आरोप लगाए। उनले संसदीय समितिले दिएको न्यूनतम मापदण्ड समेत पालना नगरी छोटो अवधिमा अल्पसंख्यामा उपस्थित सांसदको सहमतिमा जबरजस्ती विधेयक पारित गरिएको बताए। उनले नागरिकता विधेयक शङ्कास्पद हुनुका साथै महिलामाथि विभेदपूर्ण वाक्यहरू राखिएको आरोप लगाए।
सहभागीहरूले सरकारले नागरिकताको अवमूल्यन गरेको भन्दै रू एक सयको ३ वटा नागरिकता विक्रीमा, ‘ए हजुर कता ? रू १०० को ३ वटा नागरिकता यता’ भन्दै साङ्केतिक विरोध गरेका थिए भने, अन्यले संसदीय समितिको सुझाव पालना गर, महिला माथिको विभेद अन्त्य गर, नागरिकता बेच्ने होसियार, नागरिकताको गरिमा कायम गर लेखिएका प्ले कार्ड बोकेका थिए।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’