रुपन्देही। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्री रहेका छन्।
क्षेत्रीले बुधबार राति आफ्नी ३१ वर्षीया श्रीमती साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो । घटना अनुसार श्रीमान् यम बहादुर मादक पदार्थ सेवन गरी सुतेकोमा राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिएको भन्दै खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रीमती सावित्रीले समेत अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ निकालेर रक्सी किनेर खाएको अनुसन्धान पश्चात खुलेको छ।
घटनाको भोलिपल्ट बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?