पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ अधिवेशन भदौ २४ र २५ गते हुने भएपछि व्यवसायीहरू चुनावमा हाेमिएका छन् । अध्यक्ष बन्न वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्ना एजेन्डा सहित अध्यक्षमा दाबी गरेका हुन् । पोखरेल हाल संघको वाणिज्य तर्फका उपाध्यक्ष हुन् । संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै उपाध्यक्ष निर्वाचित भएका पोखरेलले सबै हिसाबले आफू पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिन तयार भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए । नेतृत्वका लागि पोखरेलको उम्मेदवारी घाेषणा पहिलो हो । अध्यक्षमा उमेदवारी दिएपछि कुनैपनि हालतमा पछि नहट्ने उनको अडान छ ।
उनले सबैको सल्लाहबाट नै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । ‘संघको गर्विलो इतिहासको रक्षा, अग्रजले गरेका योगदानको जगमा उभिएर आम पोखरेलीको अभिभावक संस्थाका रूपमा पुनः स्थापित गर्ने दायित्व अहिले नयाँ पुस्ताको काँधमा आएको छ,’ उनले भने, ‘अग्रज, समकालीन र अनुजहरूसँग सल्लाह गरे पश्चात् यो घोषणा गरेको छु । मेरो कार्यकालमा संघको आर्थिक, सांगठानिक र अधिकार रक्षाका लागि निकै मेहनत गर्नुपर्ने छ ।’ संघमा राजनीति हाबी भएका कारण बलियो गरी उपस्थिति जनाउन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा सम्झनलायक धेरै काम गर्ने बताएका छन् ।
पोखरेलले ८ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेका छन् । संघलाई सबैको साझा घर बनाउने, आर्थिक रूपमा सबल र सक्षम बनाउने, संघको भवनलाई पुनः निर्माण गर्ने, नागरिकका दैनिक समस्याबारे पैरवी गर्ने, उद्योगी व्यवसायीको हक हितमा काम गर्ने, पोखरामा इक्युवेसन सेन्टर स्थापना गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवर्द्धन मार्फत पर्यटक भित्र्याउन पहल गर्ने, पोखरा लगानी सम्मेलन गर्ने र विदेशी लगानी भित्र्याउन सहयोगीको भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
यस्तै, संघसँग वैदेशिक संघ संस्थासँग साझेदारीमा जोड्ने, विभिन्न संघ संस्थासँग एकीकृत काम गरेर नमुना संघ निर्माणमा पहल गर्ने उनले बताए ।
व्यवसायीको चुनावमा तीन हजार तीनसय भन्दा बढी सदस्यले मत हाल्नेछन् । पोखरेलले आफ्नो कार्यकालमा संघसँग अन्य देशका चेम्बर अफ कमर्ससँगपनि त्रिपक्षीय सम्बन्ध स्थापना गर्ने, युवा उद्यमी मञ्च (एनवाईईएफ), लेखनाथ उद्योग वाणिज्य संघ, सीएनआई, नेपाल उद्योग वाणिज्य महासंघ, एफएनसीएसआई लगायत संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्ने उनले बताए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर