युवा पुस्तामा चर्चित गायक अर्जुन सापकोटा पछिल्लो समय व्यस्त छन् । आफ्नो सिर्जनामा मात्र हैन, अन्य सर्जकहरुको गीतको भिडियोमा पनि छाइरहेका अर्जुनले यस तीजमा समसामयिक विषयवस्तुमा आधारित रहेर ‘भाउ बढ्यो’ गीत सार्वजनिक गरेका छन् ।
कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’ सँग गायनमा सहकार्य गर्दै अर्जुनले आफ्नै युट्युब च्यानलमा आइतबार राति ‘भाउ बढ्यो’ भिडियो सार्वजनिक गरेका छन् । स्मृतिकै निर्देशनमा तयार भिडियोमा स्मृतिसँगै अर्जुन र सुमन ढकालको अभिनय छ ।
मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ । दिदीभाइको भूमिकामा प्रस्तुत भएका स्मृति र अर्जुनले ईन्धनमा चर्को मूल्यवृद्धिले हरेक क्षेत्रमा बढ्दो महंगी र यसबाट नागरिकले भोगेका समस्यालाई देखाएका छन् ।
सञ्चारकर्मीसमेत रहेका सुमन ढकालले गीतको शब्द कोरेका हुन् । गायक सापकोटाकै संगीत एवं हुकलाइन रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।
सुुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । गीतलाई दर्शकलाई मन पराएका छन् । तीजमा अनावश्यक खर्च रोक्नुपर्ने, जे छ त्यसैमा खुशी हुनुपर्ने, महंगीमा घाँटी हेरेर हाड निल्नुपर्ने सन्देश छन् । सामाजिक सञ्जालमा प्राप्त प्रारम्भिक प्रतिक्रियाले गायक सापकोटा खुशी छन् ।
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु