थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप ४८७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

covid-19-corona

काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभरका थप ४८७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार १८०६ पिसिआर र २३७१ एन्टिजेन गरी कूल ४१७७ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट १६४ जना संक्रमणमुक्त भएका छन्। भने, सोही अवधिमा एक जना संक्रमितको ज्यान गएको छ।

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४२९८ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ