पोखरा । नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । कास्कीमा ६ प्रदेशसभा र ३ प्रतिनिधिसभा क्षेत्र गरी कूल ९ क्षेत्र छन् ।
शनिबार बसेका पार्टीका छुट्टा छुट्टै बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं १ बाट श्रीनाथ बराल र प्रदेश सभा १ (ख) मा प्रत्यक्षतर्फ पूर्ण लामाको एकल नाम सर्वसम्मत सिफारिस भएको छ ।
समानुपातिकतर्फ चुडामणि जंगली , दिलकुमारी पन्त र जैनब खातुन उम्मेदवारका रुपमा सिफारिस भएका छन् । प्रदेश सभा १ (क) मा प्रत्यक्षतर्फ मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल उम्मेदवार सिफारिस हुँदा समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिस भएका छन्। यो क्षेत्रबाट समानुपातिकतर्फका उम्मेदवारमा गजकुमारी गुरुङ, डिकबहादुर राई (डिबी), डिलाराम लामिछाने, तिलबहादुर विक र चन्द्रकिशोर गौतमको नाम छ ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य र सर्मिला पौडेल सिफारिस भएका छन् । प्रदेशसभा २ (क) बाट प्रत्यक्षमा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल सिफारिसमा परेका छन् । रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, ढाकामोहन पराजुली, सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल प्रदेश सभा २ खबाट उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्यको नाम सिफारिस गरेको छ । प्रदेश सभा ३ (क) बाट दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमैको नाम सिफारिस भएको छ । होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, संगिता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी प्रदेश सभा ३ (ख) बाट उम्मेदवारमा सिफारिस भएका छन् ।
सत्ता गठबन्धनमा कास्कीमा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ सिट दाबी गरेको कास्कीका सहसचिवसमेत रहेका पूर्ण लामाले जानकारी दिए । एकीकृत समाजवादी पहिलो पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदै छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभाका ३ क्षेत्रमै एमाले उम्मेदवार विजयी भएका थिए । ६ प्रदेशसभा क्षेत्रमध्ये २ वटामा माओवादी केन्द्र र १ क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका थिए । बाँकी ३ क्षेत्र एमालेले जितेको थियो । सत्ता गठबन्धनमा कास्कीका क्षेत्र बाँडफाँटबारे औपचारिक छलफल सुरु भएको छैन ।
सम्बन्धित खबर
सुजल डेरीको ‘सफल कुइजिन लाइन’ प्रभावकारी
बाढीपीडितका लागि शान्ति निकेतन स्कूलद्वारा राहत कोषमा ५० हजार सहयोग
निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना
बाढी पीडितका लागि स्याङ्जाका चार पालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन