पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज शुक्रबार पोखरा रंगशालामा हुँदैछ।
उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न ४ बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन्।
उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो। दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो। त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन्।
नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ।
७ प्रदेश, ३ विभागीय टिम र एनआरएनए गरी ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
राखेपले कास्की पोखरा बाहेक गण्डकी प्रदेशका अन्य सात जिल्लामा खेलहरु आयोजना गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार उद्घाटन हुने भए पनि खेलहरु भने गत सातादेखि नै भईरहेका छन्।
महिला क्रिकेट पोखरा क्रिकेट मैदानमा असोज २३ गते तथा असोज २४ गतेबाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल सुरु भएका थिए।
अहिलेसम्म बागमती प्रदेशले ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ कास्य, एपिएफ क्लबले १ स्वर्ण ३ रजत र ६ कास्य, सुदुर पश्चिमले १ स्वर्ण र ३ कास्य, पुलिस १ स्वर्ण, प्रदेश १ ले ३ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक जितेका छन्।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’