पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोम बहादुर कुमाल र एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा पुरुषतर्फ सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् ।
एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत जित्दा आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य हात पारे ।
यस्तै, महिलातर्फको चार सय मिटर दौडमा एपीएफकी रमिताकुमारी थारुले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।
रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण हो ।
रमिताले तुलसा खत्रीको नाममा रहेको ५९.५८ सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेकी हुन् ।
दौडमा त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेण्ड टाइमिङसहित रजत जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती