पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोम बहादुर कुमाल र एपीएफकी रमिता कुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा पुरुषतर्फ सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् ।
एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत जित्दा आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य हात पारे ।
यस्तै, महिलातर्फको चार सय मिटर दौडमा एपीएफकी रमिताकुमारी थारुले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।
रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण हो ।
रमिताले तुलसा खत्रीको नाममा रहेको ५९.५८ सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेकी हुन् ।
दौडमा त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेण्ड टाइमिङसहित रजत जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’