पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगर र विभागीय टोली एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठ देशारले स्वर्ण पदक जितेका छन् ।
पुरुषतर्फ पर्वतका ३२ वर्षीय अनिशले राष्ट्रिय खेलकुदमा म्याराथनमा पहिलो पटक स्वर्ण जितेका हुन् ।
अनिशले म्याराथनको ४२.१९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका हुन् ।
अनिश भारतीय सेनामा कार्यरत छन् । उनले आठौं राष्ट्रिय खेलकुदमा १० हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
नेपाल आर्मी क्लबका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जिते ।
यस्तै, महिलातर्फ बिन्द्राले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । उनले म्याराथनमा प्रतिस्पर्धा गरेको पहिलो पटकमै स्वर्ण जित्न सफल भएकी हुन् ।
उनले यसअघि मध्यम दूरीमा प्रतिस्पर्था गर्दै आएकी थिइन् ।
आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेन्डमा दूरा पूरा गर्दै जरत जितिन् । पुलिसकी रेखा बिष्टले ३ घण्टा ०१.३५ सेकेन्ड समय निकाल्दै कास्य जितिन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’