पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आफ्नै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ । समूह चरणको अंक तालिकामा आर्मी ८ अंकका साथ विजेता बनेको छ भने एपिएफले ७ अंक जोड्दै उपविजेता बनेको छ ।
त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अंक तालिकामा उपविजेता हुँदै ७ अंकका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ । त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्विनीलाई १९–१० स्कोरले हराएको छ । समूह बि अन्तर्गत अंक तालिकामा ८ अंकका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अंक जोडेको छ ।
यसैबीच सेमिफाइनलका खेलहरु भोलि विहान हुनेछन् । ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत आज दिउसो २ बजेदेखि समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’