नवौं राष्ट्रिय : २०० मिटर दौडमा एपीएफका शिवराज र लुम्बिनीकी निशालाई स्वर्ण

नवौं राष्ट्रिय : २०० मिटर दौडमा एपीएफका शिवराज र लुम्बिनीकी निशालाई स्वर्ण

shivaraj-nisha

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०० मिटर दौडमा एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले स्वर्णपदक जितेका छन् ।

पोखरा रंगशालामा बिहीबार बिहान भएको प्रतियोगिता शिवराजले निर्धारित दुरी २१ः९१ सेकेण्डमा पूरा गरेर स्वर्णपदक जितेका हुन् ।

शिवराजको यो तेस्रो स्वर्ण हो । यसअघि उनले १०० मिटर र ४ गुणा १०० मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

एपीएफकै आशिष चौधरीले निर्धारित दुरी २२ः०५ सेकेण्डमा पार गरी रजत र त्रिभुवन आर्मी क्लबका युवराज विकले २२ः५० सेकेण्डमा निर्धारित दुरी पार गरी कास्य पदक जिते ।

यस्तै, महिलातर्फको यस स्पर्धामा लुम्बिनीकी निशा चौधरीले निर्धारित दुरी २५ः२४ सेकेण्डमा पूरा गरेर स्वर्ण जितिन् ।

उनले १०० मिटरमा टोकियो ओलम्पिकमा सहभागी जनाएकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीलाई पछि पारिन् । सरस्वतीले २५ः९५ सेकेण्डमा निर्धारित दुरी पार गरी रजत जितिन् ।

नेपाल पुलिसकी लक्ष्मी साउदले निर्धारित दुरी २६ः५२ सेकेण्डमा पार गरी कास्य जितिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds