पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको फाइभ अन फाइभ तर्फ बिभागिय टोली एपिएफले ८१–७९ स्कोरका साथ च्याम्पियन बन्दा थ्री अन थ्री तर्फको च्याम्पियन आयोजक गण्डकीले एपिएफलाई २१– १६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको छ। यता फाइभ अन फाइभ तर्फ गण्डकीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ। निकै संघर्षपुरण प्रतियोगितामा दुबै बिधाको अन्तिम प्रतिस्प्रधाका लागि एपिएफ र गण्डकी मैदानमा उत्रेका थिए। यस अघि कास्य पदककालागी भएको प्रतियोगितामा आर्मीले बागमतीलाई ७८–६० स्कोर सहित पराजित गर्दै कास्य पदक हात पारेको छ।

आज बिहिबार नै सम्पन्न बास्केटबल पुरुस प्रतियोगिताको थ्री अन थ्री तर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ। एपिएफ भने दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ। बिहिबार बिहान रंगशालामा सम्पन्न प्रतियोगितामा गण्डकीले बिभागीय टोली एपिएफलाई २१–१६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको हो। यस अघि भएको प्रतियोगितामा बागम्ती प्रदेशले आर्मीलाई १९–१५ स्कोरले हराउदै तेस्रो स्थान हासिल गरेको छ।
गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता रहेको थियो भने खेललाई लिक कम नक आउटको आधारमा खेलाइएको थियो।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’