बागलुङ । कृषि, पर्यटन, जलस्रोत, स्थानिय सिप र पुर्वाधार, समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि सञ्चालन गरिएको दोस्रो गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सव २०७९ सम्पन्न भएको छ ।
महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले महोत्सवले स्थानिय उत्पादनलाई बजारीकरण गर्नु पर्ने बताएका छन् ।
उनले मेला तथा महोत्सव सञ्चालन गर्दा त्यसको उद्देश्य, औचित्यता र महोत्सवमा स्थानिय उत्पादन श्रोत र साधनको कसरी बजारीकरण गर्ने र आर्थिक समृद्विमा टेवा पुराउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । गलकोट महोत्सवले स्थानिय कला, संस्कृति, खेलकुद, कृषि र पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।
महोत्सवमा अवसरमा आयोजना गरिएको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु २ लाख ११ हजार १ सय ११ रुपैया हात पार्दै गलकोट स्पोर्टस कल्व टोकियो जापान प्रथम र निसीखोला गाउँपालिका बागलुङ द्वितिय भएका छन् ।

भ्वाईस अफ गलकोटमा राहुल सुनार र गलकोट डान्स आईडलमा सुदिस्ना घर्ती मगर आईडलको उपाधि उचालेका छन् । आमा समुह स्तरिय रत्यौली गीत प्रतियोगितामा मिलन आमा समूह गलकोट नगरपालिका ३ प्रथम र नौबिसे आमा समुह गलकोट नगरपालिका ६ द्धितिय भएका छन् ।
त्यस्तै माद्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा भैरव माद्यमिक विद्यालय गलकोट नगरपालिका ९ का सुरक्षा गौतम प्रथम र बराहखोला आधारभुत विद्यालय ताराखोला गाउँपालिका ३ का लिलाधर कडेँल द्धितिय भएका छन् ।
सामुहिक लोक नृत्य प्रतियोगिता तर्फ गलकोट माद्यमिक विद्यालय गलकोट नगरपालिका ३ प्रथम र गोल्डेन फ्युचर सेकेण्डरी स्कुल गलकोट नगरपालिका ४ द्धितिय भएका छन् ।
महोत्सवको अवसरमा सहयोग गर्ने प्रायोजक, सहयोगदाता, कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितीक प्रस्तुति रहेको थियो ।
कार्यक्रम ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता, संस्थाका सदस्य थम्मन थापा सन्देशको स्वागत तथा सञ्चारकर्मी घनश्याम गौतम र कलाकार उमादेवी खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, लाखे नाच, सामुहिक नाच प्रस्तुत गरिएको कार्यक्रम संयोजक होम थापाले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो