पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गरेका थिए ।
कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष समेत रहेका गीतकार तीर्थ तामाङ एमाले प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली पनि गत शनिबार एमाले प्रवेश गरेका थिए । मतदातामाझ माओवादीका प्रभावशाली मानिने प्रदेश कमिटी सदस्य तिमिल्सनासहित नेता–कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई झनै सहज हुने देखिन्छ ।
गत ३० वैशाखको चुनावमा तिमिल्सना पोखरा १८ मा वडाध्यक्ष उम्मेद्वार थिए । कांग्रेसका उम्मेद्वार विजयी हुँदा तिमिल्सनाले ७०२ मत पाएका थिए । त्यहाँ एमाले उम्मेद्वार पुष्कलबहादुर थापा ३ मतले हारेका थिए ।
पोखरा १८ कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका उम्मेद्वार छन् । तर, प्रभावशाली मानिने तिमिल्सना वडा कमिटीका पदाधिकारीलगायत लिएर एमाले प्रवेश गरेसँगै एमालेलाई थप सहज भएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’