काठमाडौँ । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई उपचाररत न्यूरो अस्पताल बाँसबारीमा भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको निधनको हल्ला चलिरहँदा शुक्रबार राति भेन्टिलेटरबाट बाहिर निकालिएको न्यूरो अस्पतालले जानकारी दिएको छ ।
उनको स्वास्थ्यमा केही सुधार आएको छ । तर डा. देवकोटालाई अहिले पनि सघन उपचार कक्ष, आइसियुमा राखिएको अस्पतालले बताएको छ । डा. देवकोटाका बारेमा बाहिर आएका कुरा सबै हल्ला रहेको र उनको उपचार भइरहेको बताएको छ । डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचाररत छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए । तर त्यहाँ उपचार सम्भाव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने भन्दै गएको वैशाख १५ मा आएका हुन् ।
डा. देवकोटा पित्त थैलीको क्यान्सरबाट ग्रस्त छन् । आफूलाई लागेको जटिल रोगको बेलायतमा उपचार गराउँदा पनि सम्भव नभएपछि डा. देवकोटा नेपाल आएका हुन् । उनको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) । यसको उपचारका लागि उनले बेलायतमा किमो लिएका थिए ।
निधनको हल्ला फैलाएको प्रति परिवारको गम्भीर आपत्ति
अस्पतालमा उपचार भइरहेको व्यक्तिको निधन भएको भनेर सामाजिक सञ्जलामा फैलिएको हल्लाप्रति डा. उपेन्द्र देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।
न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । उनलाई शुक्रबार रातिदेखि भेन्टिलेटरबाट निकालिएको छ । उनको अहिले सघन उपचार कक्ष, आइसियुमा राखेर उचार भइरहेको छ ।
तर शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको भन्ने झुठो खबर सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसप्रति डा. देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ । डा. देवकोटाको परिवारले कसैको जीवनलाई यस्तो खेलाँचीको रुपमा नलिन आग्रह गरेको छ ।

सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन