लमजुङमा दुईवटा जुवाखालबाट ३८ जुवाडे पक्राउ

लमजुङमा दुईवटा जुवाखालबाट ३८ जुवाडे पक्राउ

kauda

सांकेतिक तस्बिर

गोरखा । लमजुङबाट कौडा खेलिरहेका अवस्थामा ३८ जुवाडे पक्राउ परेका छन्।

शुक्रबार राति जिल्लाका दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

बेसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेका २५ जनालाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरु सबै बेसिशहर नगरपालिका–११ का रहेका छन्।

यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छा स्थित रामबहादुर दुराको घरमा कौडा खेलिरहेका १३ जनालाई पनि प्रहरीले सोही रात पक्राउ गरेको छ। उनीहरुको साथबाट १ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरिएको छ। पक्राउ पर्ने अधिकांश सोही ठाउँका स्थानीय रहेका छन्।

पक्राउ परेका सबैलाई जुवा कौडा कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds