दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ जना घाइते

jhadap-झडप

दार्चुला । दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ।

जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा हिजो झडप हुँदा ४ जना घाइते भएका छन्।

गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका छन्।

घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ