कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख साथ पाएको बताए ।
‘आफ्नो भुगोल अन्तर्गतका ठाउँहरुमा घरदैलो कार्यक्रममा पुग्दा युवा साथीहरुको उत्साहपूर्वक सहभागीता पाएको छुँ,’ उनले भने, ‘आज सम्म कुनै पनि पाटीमा नखुलेका युवा साथी म प्रति विश्वास गरेर घरदैलो कार्यक्रममा सँगसँगै हिँड्नु भएको छ । उहाँको साथ र सर्पोटले चुनाव जितेको आभास दिलाएको छ ।’ उहाँहरुल निकै आशा र अपेक्षा आफूबाट गरेको उनले सुनाए ।
उम्मेदवार गुरुङले आफ्नो प्रतिबद्धतामा पनि युवावर्गको सीप र क्षमताको विकास गरि स्वरोजगार बन्न अभिप्रेरित गरिने भनेर उल्लेख गरेका छन् । ‘लागुऔषध दुव्र्यसनी विरुद्ध युवाहरुका लागि सचेतनामुलक अभियान सञ्चालन गरिनेछ,’ प्रतिवद्धतामा उल्लेख छ, ‘युवाहरुको लागि एक वडा एक उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।’
गुरुङले घरदैलो कार्यक्रममा गर्दै धेरै मतदातासँग मतको अपिल गरेका छन् । उनले २०४८ सालदेखि मत राख्दै आएका मतदाताहरु अहिले निरास हुँदै आएको प्रतिक्रिया पाए । ‘घरदैलोमा पुग्दा कति मतदाताले मत किन हाल्ने हो भन्ने निरासा छाएको छ,’ उनले भने, ‘केही नयाँ मतदाता पनि हुनुहुन्छ, जसले सोंचे जस्तो उम्मेदवार पाएका छौं । भोट हाल्छौं । यस्तै मिश्रित प्रतिक्रिया पाएको छु ।’ गुरुङले मतदातासँग आफूलाई नेताको रुपमा नहेरि जिम्मेवारी वहन गर्ने सेवकको रुपमा लिन आग्रह गरेका छन् । उनले जनताको सपनालाई जिम्मेवारीको रुपमा लिएर हरेक दिन, हरेक समय लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष