पोखरा । गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताए ।
घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफूले काम गर्ने बताए । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’, थापाले भने ।
थापाले सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्व्य गरि डिजिटल गण्डकी प्रदेशको निमार्णमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
भ्रष्टचार नगर्ने सहयोगी थापालाई हाम्रो मतः स्थानीय
पोखरा महानगरपालिका वडा ८ मा मतदाताको समस्या बुझ्न पुगेका थापालाई सोमबार स्थानीयहरुले भव्य स्वागत र सम्मान गरे । उक्त सम्मान देख्दा आफुलाई विजयी भएको अनुभूति भएको थापाले बताए । मन र मत जितेका थापालाई यसपालि पनि जिताउन वडा ८ का वासिन्दाहरु आतुर भएका छन् ।
स्थानीय गोविन्द खाँडले विन्दुकुमार थापा विकास प्रेमी नेता भएको बताए । उनले आफुले पार्टी नहेरि व्यक्ति हेरेर थापालाई मत दिन लागेको प्रतिक्रिया दिए । ‘पार्टी होइन व्यक्तिलाई मत दिने हो । उहाँ (विन्दुकुमार थापा) विश्वासिलो व्यक्ति हुनुहुन्छ । पार्टी भनेर नाङ्गो खुट्टा आएकालाई दिएर काम छैन’ उनले भने, ‘तिनिहरुले देशलाई कंगाल बनाए । समृद्ध भएकालाई दिँदा देश बन्ने रहेछ । त्यसैले विन्दु थापालाई हाम्रो मत जान्छ ।’
थापामा लोभलालच केही नरहेको र सहयोगको भावना रहेको व्यक्ति भएकाले सबैको मन जितेको खाँडको भनाइ छ । उनले आफ्नो अधिकार प्रयोग गरि थापालाई मत दिन समेत आग्रह गरेका छन् ।
‘यो हाम्रो अधिकार हो देश बनाउने त्यसैले देश समृद्धि, नागरिक आत्मनिर्भर हुनुपर्छ । हामी विदेश जाने हो भने हाम्रो पासपोर्ट देखेर हेप्छन्’ उनले भने, ‘आफ्नै देशमा स्वरोजगार भयो भने त्यसरी हेरिदैन् । त्यसैले अब देशका लागि गर्ने व्यक्तिलाई अघि बढाउनुपर्छ ।’
यस्तै, स्थानीय चमेली कुँवरले पनि थापा सहयोगी भावना भएका सरल व्यक्ति रहेको सुनाइन् । उनले समाजसेवामा लाग्ने थापा यसअघि पनि कुनै सेवा सुविधा नलिइ नागरिकको सेवामा लागेकाले आफ्नो मत थापालाई नै दिने बताइन् । ‘हामी विन्दु थापालाई मत हाल्न निकै खुशी छौँ । उहाँ निकै सहयोगी हुनुहुन्छ’, उनले भनिन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो