काठमाण्डौ। आइतबारदेखि कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह बीको खेलमा अमेरिका र वेल्सबीचको खेल बराबरीमा टुंगिएको छ । दुवै टिमले एक-एक गोल गरेर अंक बाँडेका छन् ।
अहमद बिन अलि रंगशालामा मंगलबार बिहान भएको खेलमा टिमोथी वेहले ३६ औँ मिनेटमा गोल गरेर अमेरिकालाई सुरुवाती अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा वेल्सका ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै एक-एकको बराबरीमा ल्याएका थिए ।
यस्तै सोमबार राति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले सेनेगलमाथि २–० को विजय हासिल गरेको छ । भने समूह ‘बी’को खेलमा इरानविरुद्ध इङ्ल्यान्डले ६-२ को जित निकालेको छ।
सम्बन्धित खबर
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा
सन्दीपले भने- ‘म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस्’
निरज, रमेश र रिजनको वर्ष उत्कृष्ट प्रशिक्षक बन्न प्रतिष्पर्धा
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग