४ महिनामा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी आयात

४ महिनामा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी आयात

vegetable

काठमाण्डौ। भन्सार विभागले पछिल्लो चार महिनामा झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी विदेशबाट आयात भएको हो । चार महिनामा २८ करोड ३४ लाख किलोग्राम तरकारी आयात भएको छ । अघिल्लो वर्षको चार महिनामा १६ अर्ब रुपैयाँभन्दा धेरेको तरकारी भित्रिएको विभागको तथ्याङ्क छ ।

यो चार महिनामा सबैभन्दा धेरै आलु आयात भएको छ । चार महिनामा चार अर्ब २५ लाख रुपैयाँको आलु, दुई अर्ब १९ करोड रुपैयाँको प्याज, ३७ करोड रुपैयाँको लसुन, १४ करोड ११ लाख रुपैयाँको गोलभेँडा, साढे सात करोड रुपैयाँको केराउ र चार अर्ब ३७ करोड रुपैयाँको सिमीलगायतका गेडागुडी आयात भएको छ ।

सरकारले बजेटमार्फत कृषिजन्य वस्तुको आयातलाई घटाउने लक्ष्य अनुरूप विदेशबाट आयात हुने वस्तुमा कडाइ गर्दा पनि भन्सार राजस्व भने लक्ष्यअनुसार उठ्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ